पोखरामा माटोको ढिस्कोमा पुरिएर एकै गाउँका ५ जनाको मृत्यु
काठमाडौं, मंसिर १५ । पोखरामा माटोको ढिस्कोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । पोखरा–२० को मौजामा ढिस्कोले पुरिएर सल्यानको एउटै गाउँमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखरा महानगरको कनेक्टिभिटी सडक निर्माणको काम गर्दै आएका सल्यानको बागचौर नगरपालिका–४, पेदीखोलाका ५ जनाको आइतबार बिहान ज्यान गएको वडा नम्बर २० का वडाध्यक्ष सीम गुरुङले बताए ।
ज्यान गुमाउनेमा जितबहादुर बस्नेत, गणेश ओली, तोभान बस्नेत, जोगेन्द्र बुढाथोकी र खिमलाल ओली रहेका छन् ।
पोखरा महानगरपालिका–२० स्थित मौजामा नाली खन्ने क्रममा आइतबार बिहान ढिस्को खसेर मजदुर पुरिएका थिए । सुरुमा ३ जनाको मृत्यु भएकामा थप २ घाइतेको पनि मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्