पोखराको मतदान स्थल नजिकै अर्को बम विस्फोट, मतदाता त्रसित
काठमाडौं , मंसिर १४ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका केही सीटमा जनप्रतिनिधि चयनका लागि आज उपनिर्वाचन अन्तर्गत मतदान भइरहेको छ ।
निर्वाचनमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ ।३७ जिल्लाका ५२ रिक्त पदका लागि हुने निर्वाचनका लागि २ सय ४७ मतदानस्थल तथा ५ सय ३७ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
मतदानकै क्रममा विभिन्न स्थानमा बम बिस्फोट गराएको छ । यसैबीच कास्की क्षेत्र नं. २ को अर्काे मदतानस्थलमा पनि बम विस्फोट भएको छ । बिहान पनि पाखराकै तिवटा मतदानस्थलमा बम विस्फोट गराएको थियो ।
पोखरा महानगरपालिका(१६ को दीप चण्डिका मतदानस्थल दिउँसो नजिकै बम विस्फोट भएको हो । विस्फोट भए पनि कुनै मानवीय क्षति नभएको बताइएको छ ।
यसअघि पोखराका ३ मतदान स्थलमा बम विस्फोट भएको थियो । तर, क्षति भने नभएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।
पोखरा(३३ भरतपोखरीस्थित शान्ति उदय मावि, नयाँबजारको नवप्रभात र पोखरा(१६ कै शान्ति माविको मतदान स्थल नजिक बम विस्फोट भएको हो ।
उपचुनावको तयारी सुरू भएयता पोखरामा अज्ञान समूहले निरन्तर बम विस्फोट गराइरहेको छ । यसअघि उम्मेदवारी दर्ताको दिन निर्वाचन कार्यालय नजिक, नेकपाको चुनावी सभा नजिकै र एक वडाध्यक्षको घरमा पनि विस्फोट भएको थियो ।
प्रतिक्रिया दिनुहोस्