९० हजार घुस लिँदालिँदै प्रहरी निरीक्षक रंगेहात समातिए
काठमाडौं, मंसिर १३ । घुस लिँदालिँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक रंगेहात समातिएका छन् । समातिनेमा प्रहरी निरीक्षक रामकिशोर साह रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
घुस लिँदालिँदै गरेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ९० हजार घुससहित पक्राउ गरेको हो । बिहीबार जनकपुर महानगरपालिका ८ स्थित सीता प्यालेस होटलबाटबाट उनलाई पक्राउ गरिएको हो ।
अख्तियारको टोलीले उनलाई ठगी मुद्दा मिलाइदिन्छु भनी उनले सेवाग्राहीसँग लिँदालिँदै गरेको अवस्थामा फेला परेको थियो । निरीक्षक साहमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।















प्रतिक्रिया दिनुहोस्