हुम्लामा हिमपातसँगै चिसो बढ्यो

काठमाडौं, मंसिर १३ । चिसो बढेसँगै हिमाली जिल्ला हुम्लामा यो वर्ष हिमपात सुरु भएको छ । हुम्लामा विहीबार साँझदेखि हिमपात सुरु भएको हो ।

हिमपातसँगै जिल्लामा अत्याधिक चिसो बढेको छ । चिसोका कारण सदरमुकाम सिमकोटमा चहलपहल घटेको छ भने सिमकोट भन्दा माथिको क्षेत्र पूरै सेताम्मे भएको हो ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको उच्च हिमाली भेगमा अत्यधिक हिमपात भएको स्थानीयवासीले बताएका छन् ।हिमपातपछि बालीनाली सप्रिने भन्दै यहाँका किसान खुशी भएका छन् ।

सिमकोटमा चिसो बढेसँगै सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा लिन समस्या भएको सेवाग्राही बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्