स्वास्थ्य विभागको प्रमुखमा डा.अधिकारी नियुक्त
काठमाडौं । प्रदेश नं. ३ का सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. रामकुमार अधिकारी प्रदेश ३ को स्वास्थ्य विभागको प्रमुखमा नियुक्त भएका छन् ।
मनमोहन मेडिकल कलेज तथा शिक्षण अस्पतालको सचिव समेत रहेका प्रमुख डा. अधिकारीले स्वस्थ्य क्षेत्रको नीतिगत करा, समस्या, संभावनाका बारेमा गहिरो अध्ययन गर्नु भएको छ । उनले पब्लिक हेल्थमा विद्या वारिधि गरेका छन् । उनको नियुक्तिले स्वास्थ्य क्षेत्रमा देखिएको तमाम समस्याको समाधान हुनेमा सरोकारवालाहरु विश्वस्त भएको छन् ।
नवनियुक्त प्रमुख डा.अधिकारीले जागरणन्युज डटकमका लागि रञ्जित धमलासंग कुरा गर्दै स्वास्थ्य सम्बन्धी नीतिगत विषयलाई अध्ययन अनुसन्धान गरि आफुहरु अगाडी बढ्ने बताए । स्वास्थ्य क्षेत्रमा ठूलो समस्याले जरो गाढेको हुँदा यसलाई चिर्न चुनौती भएको उनले बताए । दिगो विकासको लक्ष्य तथा पञ्चवर्षी योजना, १५ योजना लगायत सबै विकासको योजनामा स्वास्थ्य क्षेत्रको विकासलाई समेटी प्राथमिकताका साथ अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । विभागबाट त्यसको पुर्तिका लागि आफ्नो प्रयत्न रहने उनले बताए ।
स्वास्थ्य विभागक समिति पूर्ण भइनसकेको बताउँदै केही दिनपछि पूर्णता पाउने र त्यस काम थाल्ले उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्