२५ हजार घुससहित गोकर्णेश्वरका वडा सचिव पक्राउ

काठमाडौं, मंसिर १२ । २५ हजार घुससहित गोकर्णेश्वरका वडा सचिवलाई अख्तियार अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले गोकर्णेशवर नगरपालिका-५ का वडासचिव (खरिदार) निदेश बास्कोटालाई २५ हजार घुसहित बुधबार पक्राउ गरेको अख्तियारले जनाएको छ ।


घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीबाट घुस मागेको निवेदनको आधारमा खटिएको अख्तियारको टोलीले बास्कोटालाई वडानम्बर ६ को लक्ष्मीनारायण मन्दिर परिसरबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्