हराएका मोबाइल फोनले प्रहरी हैरान, यस्तो छ भेट्टाउने उपाय

काठमाडौं । ‘हाइटेक’ अपराधको चुनौति झेलिरहेका राजधानीका प्रहरी हराएका मोबाइल फोन खोज्नमा अल्मलिनुपरेपछि हैरानी परेका छन् । हराएका मोबाइल फोन खोजिदिन भन्दै दबाब दिनेको संख्या दैनिक बढ्न थालेपछि प्रहरी हैरानीमा परेका हुन ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पछिल्ला दिनमा ७० देखि ८० वटा मोबाइल फोन हराएका उजुरी दर्ता प्रहरीमा हुन्छन् । कहिलेकाहीं त मोबाइल फोन हराएको उजुरी दिनेको संख्या सय नै पुग्ने गरेको छ ।

परिसरका प्रहरी प्रबक्ता एसपी रामदत्त जोशीले पछिल्ला दिनमा मोबाइल फोन हराएको उजूरी दिनेको संख्या बढेको बताए ।

२५ सय देखि लाखरुपैंयाँसम्मका मोबाइल

प्रहरीका अनुसार २५ सय देखि एकलाख रुपैंयाँसम्मका मोबाइल फोन हराएको उजुरी पर्ने गरेको छ ।

प्रहरीले हराएका मोबाइल आइएमइआई नम्बर ट्रेस गर्दा सिग्नल देखि मात्र मोबाइल पत्ता लाउने गरेको छ । नत्र प्रहरीको केही लाग्दैन । यसका लाग् िटेक्नोलोजीमा विशेष दख्खल भएको ब्यक्ति चाहिन्छ ।

प्रबक्ता जोशीले भने, ‘मोबाइलमा आइएमइआई नम्बर हुन्छ । यही आधारमा प्रहरीले हराएको मोबाइल खोज्ने हो । ट्रेस गर्दा सिग्नल देखियो भने फोन भेटिन्छ । नत्र भेटाउन सकिदैन । यसका लागि प्रविधिमा ज्ञान भएको स्मार्ट मान्छे चाहिन्छ ।’ यद्यपी हराएका फोनमध्ये १० प्रतिशत मात्र भेटिने गरेको छ । –नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्