सागको सुरक्षामा १४ हजार सुरक्षाकर्मी खटिने
काठमाडौं । नेपालमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सुरक्षा तयारी अन्तिम चरणमा पुगेको छ । सुरक्षाको केन्द्रीय कमाण्ड नेपाल प्रहरीले गरेको छ भने त्यसमा सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना पनि छ ।
काठमाडौँ, ललितपुर, पोखरा र जनकपुर गरी चार स्थानमा खेलकुद प्रतियोगिता हुनेछ । मंसिर १५–२४ गतेसम्म साग खेलकुद प्रतियोगिताका लागि सुरक्षा तयारी पूरा भइसकेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताए ।
सागको सुरक्षा व्यवस्थापनका लागि उपत्यकामा मात्रै १० हजार बढी नेपाल प्रहरी र चार हजारभन्दा बढी सशस्त्र प्रहरी बलको टोली परिचालन हुनेछ । यसबाहेक थप मद्दतका लागि अर्को टोली तयारी अवस्थामा रहनेछ । सशस्त्र प्रहरी बलका प्रवक्ता सुरजकुमार श्रेष्ठले अन्य सुरक्षा निकायको सम्वन्यमा खेलाडी, अतिथी, अफिसियलको सुरक्षामा खटिने बताए ।
सागमा आयोजक राष्ट्र नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स र भुटानका गरी ३२ सय बढी खेलाडी, २२ सय बढी अफिसियल, निर्णायक मण्डल सहभागि हुने बताइएको छ । नेपालबाट विभिन्न विधाका ५६० खेलाडीले प्रतिनिधित्व गर्नेछन् । साग खेलकुदमा अफगानिस्तान भने सहभागी छैन ।
भारत र पाकिस्तानले क्रिकेट र फुटवलमा सहभागिता नजनाउने बताइसकेका छन् । उपत्यकाका बाहिर पनि सुरक्षा निकायको सम्वन्यमा जनशक्ति परिचालन हुनेछ । डीआईजी पोखरेलले खेलाडी बस्ने होटेलदेखि, यातायात व्यवस्थापन र खेलकुदस्थलमा विशेष सुरक्षा व्यवस्था मिलाइएको बताए ।
प्रतिक्रिया दिनुहोस्