चितवन मेडिकल कलेजको होस्टलबाट बन्दुक बरामद
काठमाडौं, मंसिर ७ । चितवन मेडिकल कलेजको होस्टलबाट बन्दुक बरामद भएको छ।
चितवन प्रहरीले भरतपुर ५, कैलाशनगरमा रहेको होस्टलबाट बन्दुक (सर्टगन) बरामद गरेको हो।
मेडिकल कलेजको होस्टलबाट बन्दुक फेला परेपछि यतिबेला होस्टल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन भएका छन्। प्रहरीले यो विषयमा थप अनुसन्धान गरिरहेको छ।
होस्टलका सुरक्षा गार्डले शंकास्पद गतिविधि भइरहेको र बन्दुक हुनसक्ने आशंका गर्दै प्रहरीलाई खबर गरेका थिए।
सुरक्षा गार्डको जानकारीपछि होस्टलमा पुगेको प्रहरी टोलीले बन्दुक बरामद गरेको हो।
मेडिकल कलेजका विद्यार्थीहरु दुई महिनादेखि शुल्कका विषयलाई लिएर अन्दोलनरत छन्। उनीहरुले आइतबार पनि चितवनमा बृहत प्रदर्शनीको तयारी गरेका छन्।
प्रतिक्रिया दिनुहोस्