नेपाल बारले घुमाउरो पारामा प्रधानन्यायधिसको बचाउ गर्याे

काठमाडौं । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले प्रध्यानन्याधिस र डा. गोविन्द केसीबिचको को मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुलीलाई घुमाउरो पाराले बचाएका छन् । अनसन बसेर राखेर न्यायालयमाथि दबाव नदिन डा. केसीलाई आग्रह गरेको छ ।

डा. केसीको अनसन, अदालतको अवहेलना मुद्दा र सर्वोच्चको नेपाल बार एशोसिएसनले प्रधान न्यायधिसका बारेमा आफ्नो धारणा सार्वजनिक गर्दै बार एशोसिएसनले पराजुलीको बचाउ गरेको हो ।
आफू अनुकुल आदेश नआउँदा प्रधानन्यायाधीशको राजीनामा माग्दै जाने हो भने प्रक्रिया र पद्दतीको विकास हुनेतर्फ समेत गराएको छ ।

केसीको नाम नलिई भनेको छ, ‘आफ्नो अनुकुलतामा फैसला आदेश नभए प्रधानन्यायाधीशको राजीनामा माग गर्ने, माग पूरा नहुन्जेलसम्म आमरण अनसन जारी राख्ने जस्ता विषयबस्तुले प्रश्रय पाउने हो भने र त्यसलाई अन्य पक्षले समर्थन गर्दै अगाडि बढ्ने हो भने कुन विषयबस्तु कुन ठाउँमा उठाउने, कसले उठाउने र उपचार पाउने माध्यम के हो भन्ने विषयमा जटिलता मात्र देखिने नभई गलत प्रक्रिया र पद्दतीको विकास हुनेतर्फ ध्यानाकर्षण गराइन्छ ।’

बारले कुनै मुद्धामा न्यायाधीशविरुद्ध उजुरी गर्नु परे न्याय परिषद् जानुपर्ने कानुनी व्यवस्था पनि स्मरण गराएको छ ।

उजुरी परेमा न्याय परिषद्ले अध्ययन गर्ने भन्दै भनेको छ, ‘उक्त कानुनी व्यवस्थाको परिपालना गरी स्वतज्ध न्यायपालिकाको गरिमा कायम राख्न अनुरोध गरिन्छ ।’

बार एशोसिएसनले डा। केसीलाई साधारण तारेखमा रिहा गर्ने आदेशको स्वागत पनि गरेको छ ।

उसले अनसन स्थगित गर्न पनि आग्रह गरेको छ । महासचिव खम्मबहादुर खातीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सबै प्रकारको दबाव र प्रभाव स्वतन्त्र न्यायपालिकाका लागि अशोभनीय हुने हुँदा यस प्रकारका कार्य नगर्न अपील गर्दछ ।’

बारले पराजुलीको नागरिकता, शैक्षिक प्रमाणपत्र लगातयतका कागजपत्र मगाएकोबारे बने कुनै प्रतिक्रिया दिएको छैन । यसबारे सोध्दा बार अध्यक्ष शेरबहादुर केसीले बोल्न चाहोनन् ।

प्रतिक्रिया दिनुहोस्