मन्त्रिपरिषद बैठक सिंहदरवारमा सुरु, होला त प्रदेश प्रमुखको नियुक्ति ?

काठमाडौं– प्रदेश प्रमुखको नियुक्ति तथा प्रदेशको अस्थायी राजधानी तोक्ने लगायतका महत्वपुर्ण विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
विहान नौ बजेबाट सिंहदरवारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेश संयोजक गोविन्द परियारले जानकारी दिए ।
बैठकमा प्रदेश प्रमुखको नियुक्ति तथा प्रदेशको राजधानी तोक्ने भनिएपनि त्यसबारे सहमति जुटि नसकेकाले निर्णय हुने–नहुने अनिश्चित रहेको छ ।
यद्यपी अस्थायी राजधानी नतोकेपनि प्रदेश प्रमुख नियुक्ति गर्ने पक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेको एक मन्त्रीले बताएका छन् ।
यसैवीच, आजको बैठकले अन्य महत्वपुर्ण नियुक्ति तथा सरुवा–बढुवा समेत गर्ने तयारी गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्