५८ किलो चरेशसहित बर्दियाबाट पाँचजना पक्राउ

काठमाडौं , मंसिर १ । ५८ किलो चरेशसहित बर्दियाबाट प्रहरीले पाँचजना पक्राउ गरेको छ ।

गुलरिया नगरपालिका–७ भन्सार रोडबाट अवैध लागुऔषध चरेश ५८ केजी, मोबाइल ५ थान र नगद ३२ हजार ५ सय ९८ रुपैयाँसहित पाँचजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका बस्नेहरु रुकुम(पूर्व) खबाङका ३४ वर्षीय राजकुमार पुनमगर, रुकुम (पश्चिम) मुसिकोट नगरपालिका–१ का २७ वर्षीया जुनतारा पुन, रुकुम(पूर्व) भुमे गाउँपालिकाका ३४ वर्षीया सुनथामी बुढामगर, रोल्पा दुईखोली गाउँपालिका–८ का २९ वर्षीय खीमप्रसाद रोकामगर र रुकुम(पूर्व) पुथा उत्तरगंगा गाउँपालिका बस्ने २६ वर्षीया अस्मिता रामजाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषधसहित फेला पारेको हो ।

प्रतिक्रिया दिनुहोस्