‘सीमा अतिक्रमणको विरोधमा कालो ब्यानरसहित भारतीय दूतावास अगाडि प्रदर्शन’

काठमाडौं, मंसिर १ । कालो ब्यानर र राष्ट्रिय झण्डासहित विद्यार्थीहरुद्वारा सीमा अतिक्रमणको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको छ ।


राजदूतावास अगाडि प्रदर्शमा उत्रिएका नेपाल विद्यार्थी संघका कार्यकर्तामाथी प्रहरीले हस्तक्षेप पनि गरेको छ । कालो ब्यानर र राष्ट्रिय झण्डासहित विद्यार्थीहरु भारतीय दूतावास लैनचौर अगाडि पुगेका हुन् ।


उनीहरुले बेलुनमा लिम्पियाधुरासहितको नेपाली नक्सा बनाएर कालो ब्यानरमा उडाएका थिए। व्यानरमा मोदीलाई नेपालको नक्सा हेर भनेर लेखिएको छ। शनिबार पनि भारतद्वारा अतिक्रमित भूमिमा अनेरास्ववियु तथा इलामका नेता तथा कार्यकर्ताले नेपालको राष्ट्रिय झण्डा फहराएको थियो ।


करिब ४० जनाको संख्यामा इलाम सदरमुकामबाट गएको अखिलको टोलीले सन्दकपुरमा राष्ट्रिय झण्डा फहराएको हो।

न्दकपुर गाउँपालिका वडा नं ४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीका नेता तथा कार्यकर्ताले भारतीय सीमा सुरक्षा बल एसएसबीसंग प्रतिकार गरि शनिवार नेपालको राष्ट्रिय झण्डा फहराएका हो ।

प्रतिक्रिया दिनुहोस्