धुलोले काठमाडौं झनै भद्रगोल,नेविसंघले शुक्रबार महानगर घेर्ने

काठमाडौं । नेपाल विद्यार्थी संघले शुक्रबार काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्ने भएको छ । स्वच्छ काठमाडौंको लागि भन्दै नेविसंघको पौडेल पक्षीय टोलीले शुक्रबार १२ बजे बागदरबार स्थित काठमाडौं महानगरपालिकाको कार्यालय घेर्ने कार्यक्रम रहेको नेविसंघले जनाएको छ ।

विद्यार्थी नेता मोती भण्डारीको संयोजकत्वमा टोली महानगरपालिका घेर्न जाने तयारीमा छन् । महानगरपालिकाको मेयर बनेर आएको ९ महिनासम्म पनि काठमाडौंको धुलो हटाउनुको साँटो काठमाडौं झनै भद्रगोल बनाउन लागेकोले विरोध स्वरुप मेयरलाई एक मुठ्ठी धुलो उपहार दिन लागिएको भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्