थुनामुक्त भए पक्राउ परेका उद्योगी व्यवसायी रुपज्योति

काठमाडौं, कात्तिक २९ । ठगीको आरोपमा पक्राउ परेका व्यवसायी तथा पूर्वमन्त्री रुपज्योति र उनको छोरी रिहा भएका छन् ।


जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पूर्वअर्थ राज्यमन्त्री तथा व्यापारी रुपज्योति विरुद्ध ठगी मुद्दा नचल्ने निर्णय गरेपछि उनीहरू रिहा भएका हुन्।


८ दिनदेखि थुनामा रहेका व्यापारी ज्योति र उनकी छोरी सुरुची विरुद्ध लेनदेन विवादमा ठगी मुद्दा नचल्ने निर्णय भएकाले प्रहरीले उनीहरुलाई छोडेको जिल्ला सरकारी कार्यालय काठमाडौंले जनाएको छ ।


प्रहरी कार्यालयले दुवै पक्षका बीचमा विवाद समाधान भएकाले मिलापत्र गर्ने कार्य हुने प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालयले यस्तो निर्णय गरेको थियो। महानगरीय प्रहरी परिसरको टोलीले ज्योति र उनका छोरी सुरुचीलाई गत कार्तिक २१ गते साँझ त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।


ल्याडमार्क हहाउजिङका नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको मुद्दामा काठमाठौं जिल्ला अदालतले २०७५ मंसिर २० मा पक्राउ गर्न अनुमति दिएको थियो। तर त्यसविरुद्ध ज्योति सर्वोच्च पुगेका थिए।


त्यसको करिब १ वर्षपछि सर्वोच्चले ज्योतिको विपक्षमा फैसला सुनाएपछि उनी पक्राउ परेका थिए। जिल्ला अदाललते पहिलो पटक ३ र दोस्रो पटक पाँच दिन मुद्दाको अनुसन्धानका लागि समय दिएको थियो।

विज्ञेन्द्रलाल मल्लले आफूले हाउजिङमा घर खरिदका लागि दिएको १ करोड बराबरको रकम पाएको भन्दै निवेदन दिएपछी यो मुद्दा मिलापत्रवाट किनारा लागेको सरकारी वकिल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्