खुलामञ्चको टहरामा महानगरद्वारा तालाबन्दी
काठमाडौं , कात्तिक २९ । खुलामञ्चको टहरामा महानगरपालिकाले ताला लगाइदिएको छ ।
खुलामञ्चसँगै जोडिएको गुठीको जग्गामा पसल राख्न बनाइएको टहरामा काठमाडौं महानगरपालिकाले ताला लगाइदिएको हो ।
खुलामञ्चबाट उत्तर र रन्तपार्कबाट दक्षिणतर्फको दुईमाजु गुठीको एक रोपनी जग्गामा टहरा बनाएर पसलका लागि भाडामा लगाइएको थियो ।
उक्त जग्गामा शुक्रबार महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीको उपस्थितिमा ताला लगाइएको हो ।
दुईमाजु गुठीको उक्त जग्गा व्यक्तिगत जग्गासरह उपयोग गरेर मासिक ७ लाख रुपैयाँ आउने गरी ३५ वटा कपडा पसललाई भाडामा लगाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्