राजपाले प्रदेशसभाका सांसदको अन्तिम नामावली आज बुझाउने

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपाले प्रदेशसभाका सांसदको अन्तिम नामावली आज निर्वाचन आयोगमा बुझाउने भएको छ । यसअघि निर्वाचन आयोगमा बुझाएको सूचीलाई क्रमसंख्या नमिलेको भन्दै आयोगले अस्वीकार गरेपछि राजपाले अर्को सूची बुझाउन लागेको हो ।

अन्तिम सूचीमा प्रदेशसभा सभामुपातिक सांसदको लागि राजपाबाट यसअघि निर्वाचन आयोगमा सिफरिस भएका नाममध्ये केहि फेरबदल हुने भएको छ । राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले आज प्रदेशसभा समानुपातिकतर्फको अन्तिम सूची निर्वाचन आयोगमा पठाउने तयारी भएको जानकारी दिए ।

आज पठाउने सूचीमा केहि नाम फेरबदल भएको समेत उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्