ईपीजीको छैटौं बैठक जारी, यस्तो हुदैछ सहमति

काठमाडौं – नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को जारी छैटौं बैठकमा विभिन्न असमान सन्धिसम्झौता र मुद्दा परिमार्जनमा भारतीय पक्ष अलि लचक देखिएको छ ।

भारतको नयाँ दिल्लीस्थित (आईडीएसए) मा जारी दुईदिने बैठकमा भारतले पहिलोपटक यस्तो लचकता देखाएको विज्ञहरुको भनाईछ । बैठकमा १९५० को सन्धि परिमार्जन, बुँदाको संशोधनलगायतमा छलफल भएको छ । बैठकमा मस्यौदा र विवादित बुँदाबारे छलफल भएको अधिकारीहरूले बताएका छन् ।

बैठक १९५० लाई सम्बोधन गर्दै अन्य विषयमा कुन तवरले प्रतिवेदन ‘ड्राफ्ट’ गर्ने विषयमा छलफल बढी केन्द्रित थियो । ईपीजीको आजको बैठक दुई सेसनमा छलफल हुने अधिकारीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्