उद्योगपति रुपज्योतिलाई रिहा गर्न माग गर्दै काठमाडौँमा मौन जुलुस
काठमाडौँ, कात्तिक २८ । उद्योगपति रुपज्योतिलाई रिहा गर्न माग गर्दै काठमाडौँमा मौन जुलुस निकालीएको छ । उद्योगी, व्यवसायीहरुले ठगीको आरोपमा पक्राउ परेका उद्योगपति रुपज्योतिलाई तत्काल रिहा गर्न माग गर्दै काठमाडौँमा मौन जुलुस निकालेका हुन् ।
तत्काल रिहा गर्न माग गर्दै बिहीबार बिहान काठमाडौँको न्यूरोडस्थित जुद्ध शालिक अगाडि उद्योगी, व्यवसायीहरुले मौन जुलुस निकालेका हुन्। सुध्रिने मौकासमेत नदिई पूर्व अर्थ राज्यमन्त्रीसमेत रहेका उद्योगपति ज्योतिलाई ठगीको आरोपमा पक्राउ गरेको उनीहरुले उल्लेख गरेका छन् । उद्योगी, व्यवसायीहरुलाई सुध्रिने मौकासमेत नदिई धरपक्कड गर्ने, पक्राउ गर्ने लगायतका काम नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सरकारको ध्यानाकर्षण गर्न मौन जुलुससहितको शान्तिपूर्ण विरोध प्रर्दशनको कार्यक्रम आयोजना गर्नुपरेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले बताए ।
उनले उद्योगी, व्यवसायीहरुको सुरक्षा र सम्मानमाथि आँच आउने गरी कुनै पनि कानुन निर्माण नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।
नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौँको आह्वानमा आयोजना गरिएको मौन जुलुसमा उनीहरुले व्यवसायीहरुलाई धरपक्कड नगरी सम्मान र सुरक्षाका साथ व्यवसाय गर्ने वातावरण बनाउन पनि सरकारसँग माग गरेका थिए। उद्योगपति ज्योतिलाई जग्गाको कारोबारमा ठगी गरेको आरोपमा गत कार्तिक २१ गते बिहीबार पक्राउ गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्