यस्ता छन् प्रधानन्यायाधीश पराजुलीका प्रमाणपत्र
काठमाडौं, पुस २८ । प्रधानन्यायाधीश गोपाल पराजुलिका प्रमाणपत्र सार्वजनिक भएका छन् । प्रधानन्यायाधीश पराजुलीका नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रबारे विवाद भैरहँदा उहाँका प्रमाणपत्रका प्रतिलिपि सार्वजनिक भएका हुन् ।
नागरिकताको प्रतिलिपि अनुसार उहाँको जन्म २०१६ वैशाख १६ गते भएको हो । जिल्ला प्रशाशन कार्यालय काठमाडौंबाट लिइएको नागरिकताको प्रतिलिपि नम्बर १८०३/४४१/३०१० देखिन्छ । पहिले लिएको नागरिकतामा जन्ममिति नभएर उमेर मात्रै लेखिएकाले पछि शैक्षिक प्रमाणपत्रको आधारमा जन्ममिति राखेर नागरिकताको प्रतिलिपि बनाएको बुझिएको छ ।
शैक्षिक प्रमाणपत्रको प्रतिलिपि हेर्दा उहाँले शारदा मावि चितवनमा कक्षा १० सम्म पढेको र वीरगंजको नेपाल राष्ट्रिय विद्यापीठबाट एसएलसी उतिर्ण गरेको पाइएको छ ।
अदालतको अवहेलना मुद्दामा बयान दिने क्रममा डा. गोविन्द केसीले पराजुलीमाथि शैक्षिक योग्यता नपुगेको र दुईवटा नागरिकता लिएकोलगायतका अभियोग लगाएपछि प्रधानन्यायाधीस विवादमा तानिनुभएको छ ।
पराजुलीले काठमाडौं जिल्ला प्रशासनबाट लिएका नागरिकता, न्यायपरिषदबाट उमेरको सवालमा भएको निर्णय र शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरु झिकाउन सर्वोच्चले आदेश दिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्