बंगलादेशमा रेल दुर्घटना हुँदा १६ जनाको मृत्यु , सयौं घाइते
काठमाडौं, कात्तिक २६ । बंगलादेशमा रेल दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान भएको रेल दुर्घटनामा १६ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार बिहान ढाका(छटोग्राम रुटको मन्दबागमा दुई रेल आपसमा ठोक्किएका थिए ।
मृतकमध्ये आठजनाको पहिचान भएको छ । उनीहरु सबै बंगलादेशी नागरिक भएको न्युज बंगलादेशले जनाएको छ । बंगलादेशको अनुसन्धान प्रहरी ब्यूरोले फिंगर प्रिन्टमार्फत उनीहरुको पहिचान गरेको जनाइएको छ ।
तुर्ना निशीथा ट्रेनले सिंग्नल उल्लंघन गरेर उड्यन एक्सप्रेसलाई ठक्कर दिएको बताइएको छ । उक्त घटनाको छानबिन गर्न तीन सदस्यीय छानबिन समितिसमेत गठन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्