कांग्रेसका जिल्ला सभापतिहरुको भेला बोलाउन माग

काठमाडौं । कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी नेतृत्व समक्ष जिल्ला सभापतिहरुको राष्ट्रिय भेला बोलाउन माग गरेका छन ।

बुधबार र बिहीबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित दुई दिने उपलब्ध जिल्ला सभापतीहरुको भेलाले पार्टी नेतृत्वलाई जिल्ला सभापतिहरुको राष्ट्रिय भेला बोलाउन आग्रह गरेको हो ।

मुगुका पार्टी सभापति खड्गबहादुर शाहीले स्थानीय तह निर्वाचनदेखि जिल्ला सभापतिहरुको अधिकार केन्द्रिय तहबाट खोसिएको भन्दै जिल्ला सभापतिहरुको भेला बोलाएर आन्तरिक समिक्षा गर्न केन्द्रिय नेतृत्वसँग आग्रह गरिएको जानकारी दिए ।

‘स्थानीय तह देखि नै केन्द्रिय नेतृत्वले जिल्लाको अधिकार खोसेर आफु अनुकुल निर्णय गरेको आफुले महसुस गरेको उनीहरले बताएका छन् ।

सोही निर्णयले गर्दा आज पार्टीले निर्वाचनमा यो परिणाम भोग्नु परेको उनीहरुले बताए । अब जिल्ला सभापतिहरुको भेला बोलाएर समिक्षा हुनु पर्नेमा उनीहरुको जोड छ ।

भेलाले १३ सदस्सीय राष्ट्रिय भेला समन्वय समिति समेत गठन गरेको छ । प्रत्येक प्रदेश बाट एक एक जना सदस्य रहने गरी सात जना र बाँकी अन्य जिल्लाका जिल्ला सभापति रहने गरी समिति गठन गरिएको शाहीले जानकारी दिए ।

भेलाले पार्टी सुदृढीकरणका लागि जिल्ला सभापतिहरु एक भएर अघि बढ्ने समेत निर्णय गरेको छ ।

यस्तै विभिन्न २२ जिल्लालाई दुर्गम क्षेत्र विकास समितिमा राख्न समेत सरकारसँग माग गरेको छ भने कर्णाली सहितका ९ जिल्लालाई पिछडिएको क्षेत्रमा कायम राख्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्