बाजुराबाट पेस्तोल र विस्फोटक पदार्थसहित १६ जना पक्राउ
काठमाडौं , कात्तिक २४ । बाजुराबाट पेस्तोल र विस्फोट पदार्थसहित १६ जना पक्राउ परेका छन् ।
प्रहरीले बाजुराको गौमुल गाउँपालिका-३ माझपाली, रोल्पा गंगादेब गाउँपालिका-३ जिनावाङका ५२ वर्षीय चुडामण वलीसहित १६ जनालाई पेस्तोल र विस्फोटक दार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुबाट एकनाले कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने ३ राउण्ड गोली, फलामको खाली सकेट १ थान, बारुद २ किलो २ सय ग्राम, एउटा प्रेशरकुकर बम, इलेक्ट्रोनिक कमर्सियल डेटोनेटर ८ थान, बिजुलीको तार, मैनबत्ती, पिलास, टेप र कैंची तथा सैन्य तालिम सम्बन्धी कागजात बरामद गरेको छ ।
पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएको हुनसक्ने प्रहरीको बताएको छ ।
उनीहरू शुक्रबार पक्राउ परेको भए पनि प्रहरीले आइतबार मात्रै सार्ज्निक गरेको हो । तर, नियन्त्रणमा लिइएका वली बाहेक अरूको नाम भने प्रहरीले खुलाइएको छैन ।
प्रतिक्रिया दिनुहोस्