प्रधानमन्त्री मोदीले भने- अदालतको फैसलालाई कसैको हार र कसैको जितका रूपमा लिनु हुँदैन
काठमाडौं, कात्तिक २३ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिर र बाबरी मस्जिदबीचको विवादमा भारतीय अदालतले गरेको फैसलाई कसैको जित या हारका रुपमा हेर्न नुहने टिपण्णी गरेका छन् ।
दशकौं लामो विवादमाथि भारतीय सर्वोच्च अदालतले शनिबार अयोध्याको विवादित स्थल राम मन्दिरको हुने फैसला गरेको छ।
मस्जिदका लागि भने छुट्टै ५ एकड जमिन दिन पनि अदालतले आदेश दिएको छ।
मोदीले अदालतको फैसलाप्रति प्रतिक्रिया जनाउँदै ट्वटिरमा भनेका छन्, ‘देशको सर्वोच्च अदालतले अयोध्यामाथि फैसला सुनाएको छ। यो फैसलालाई कसैको जित र कसैको हारका रुपमा लिनु हुँदैन।’
यो समय भारत भक्तिको भएको भन्दै मोदीले देशबासीलाई शान्ति र सद्भाव कायम राख्न अनुरोध गरेका छन्।
‘रामभक्ति होस् या इश्वर भक्ति यो समय हामी सबैका लागि भारतभक्तिको भावनालाई सशक्त गर्ने हो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘देशवासीलाई मेरो अपील छ कि शान्ति, सदभाव र एकता बनाइ राख्नुहोस्।’
सर्वोच्च अदालतको फैसाल कैंयौ मानेमा महत्वपूर्ण रहेको भन्दै मोदीले कुनै पनि विवादलाई सुल्झाउन कानुनी प्रक्रिया कति महत्वपूर्ण हुन्छ भन्ने यसले देखाएको उल्लेख गरेका छन्।
सबै पक्षलाई आआफ्ना कुरा राख्ने मौका दिएको भन्दै मोदीले अदालतले दशकौं पुरानो विवादमा सौहार्दपूर्ण तरिकाले समाधान गरेको बताएका छन्।
भारतको सर्वोच्च अदालते अयोध्याको विवादित जग्गा रामकै मन्दिर रहने फैसला सुनाएको छ । अयोध्याको विवादित जग्गामा रामको मन्दिर रहने कि बाबरी मस्जिद रहने भन्ने विवाद थियो ।
शनिबार मूख्या न्यायाधीश रञ्जत गोगौइको फैसलालो यस्तो फैसलता गरको हो ।
शनिबार मुख्य न्यायाधीश रञ्जन गोगोइ नेतृत्वको पाँच सदस्यीय बेञ्चले हिन्दुहरुको पक्षमा सर्वसम्मतीले फैसला सुनाएको हो ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईको अध्यक्षतामा पाँच जना न्यायाधीशको संवैधानिक पीठले सर्वसहमतिबाट फैसला सुनाएको हो ।पीठमा प्रधानन्यायाधीश रञ्जन गोगोईसँगै न्यायाधीशहरु धनञ्जय यशवंत चन्द्रचूड, शरद अरविंद बोबडे, अशोक भूषणसँगै अब्दुल नजीर थिए ।
वर्षौंदेखिको विवादलाई अन्त्य गर्दै सर्वोच्च अदालतले सुनाएको यो फैसलालाई ऐतिहासिक मानिएको छ ।
प्रतिक्रिया दिनुहोस्