पश्चिमी वायु सक्रिय, हिमपातको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं, कात्तिक २० । अरबको चक्रवातको असर नेपालमा पर्न थालेको छ । अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा केही दिन वर्षात्सँगै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका विभिन्न भूभागमा सामान्यदेखि आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कँडेलका अनुसार बुधबार रातिदेखि मध्य र पूर्वी पहाडी भूभागसँगै पश्चिमी भेगमा वर्षा हुने छ ।
हिउँदको सुरुआतसँगै उच्च हिमाली भेगमा हिमपात सुरु हुने मौसम भएकाले सतर्क रहन महाशाखाले भनेको छ ।
प्रतिक्रिया दिनुहोस्