विद्यार्थीहरुद्वारा माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं, कात्तिक १९ । मेडिकल माफियालाई सरकारले कारबाहीको दायराभित्र ल्याउन माग गर्दै विद्यार्थीले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीलेहरुले आज माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।

देशका निजी क्याम्पसहरूले तोकेकोभन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरूले माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।

चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज लगायतका विद्यार्थीहरूले मंगलबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् ।

मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्। देशका निजी क्याम्पसहरूले विद्र्याीहरुबाट तोकेकोभन्दा बढी शुल्क लिने गरेका छन् । यसैको विरोधमा विद्यार्थीहरु आन्दोलनमा समेत होमीएका छन् ।

यसरी खुलेआम मेडिकल कलेजहरूले शुल्क बढी लिएको थाहा भएपनि सरकारले केहि गनए नसेको उनीहरुले बताएका छन् , यस्ता माफीयाहरुलाई कारबाहीको दायरामा ल्याउन र लिएको शुल्क फिर्ता गर्न उनीहरले माग पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्