मगर समुदायलाई राज्यले विभेद गर्योः मगर संघ

काठमाडौं । नेपाल मगर संघले यस वर्षको माघे सक्रान्तिलाई उत्सवका साथै आन्दोलनको रुपमा मनाउने घोषणा गरेको छ ।
नेपाल मगर संघले संघीय संविधानमा उल्लेख गरेको कुरालाई कार्यान्वयन नगरी राज्यले विभेद गरेको आरोप लगाउदै यस पटकको माघे सक्रान्तिलाई आन्दोलनको वर्ष मनाउने घोषणा गरेको हो ।
संघले बिहिबार काठमाडौं आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले संघिय संविधानमा व्यवस्था गरेका समुदायका तमाम कुराहरुलाई राज्यले कार्यान्वयन नगरेको, मगरको संस्कृृतिक साथै जातीय पहिचानलाई कायम गर्न राज्य चुकेको र मौलिकतालाई वर्खीलाप गरेको आरोप लगाए ।
कार्यक्रममा बोल्दै नेपाल मगर संघका अध्यक्ष नविन रोका मगरले संघिय संविधानमा समावेश गरेको आदिवासी जनजातीको पहिचान, मौलिक हक र भौगोलिक अवस्था सहितको पहिचानको व्यवस्था गरेता पनि कार्यान्वयनको लागि राज्य चुकेको आरोप लगाए । अध्यक्ष रोक्काले दशैं तिहार जस्तै मगर समुदायको राष्ट्रिय चाड माघे सक्रान्तिलाई महत्व दिन आग्रह गरेका छन् । राज्यको पहुचबाट टाढा रहेको मगर जातीको इतिहासमा पनि कमी नरहको कुरा औल्याउँदै रोक्काले मगर जातीलाई राज्यले विभेद गर्नु दुःखद् कुरो भएको बताए ।
कार्यक्रममा संस्थाका सल्लाहकार वम कुमारी बुढा मगरले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । संस्कृतीविद् डा. श्याम थापा मगर, डा. मिन शिरिष, झकेन्द्र घर्तीमगर, क्या. याम बहादुर मगरले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन मगर, सचिव जगत बहादुर रेश्मी मगर लगायत विभिन्न मगर समुदायका प्रवुद्ध व्यक्तिहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्