टर्कीद्वारा अल–बग्दादीकी ६५ वर्षीया दिदी गिरफ्तार
काठमाडौँ , कात्तिक १९ । टर्कीले अल बग्दादीकी दिदिलाई गिरफ्तार गरएको छ ।
उनकी ६५ वर्षीया दिदी रस्मिया अवादलाई उत्तरी सीरियामा टर्कीको नियन्त्रणमा रहेको अजाज शहरबाट गिरफ्तार गरिएको समाचारहरुमा उल्लेख छ । रस्मिया त्यहाँ आफ्ना श्रीमान् र परिवारका अन्य सदस्यका साथ बसिरहेकी थिइन् ।
केहि दिन अघि मात्रै अमेरिकी सेनाको हमलामा उनको दाईको ज्यान गएको थियो ।
चरमपन्थी समूह इस्लामिक स्टेट (आईएस)का पूर्व प्रमुख अबु बक्र अल–बग्दादीको दिदीलाई उत्तरी सीरियाबाट गिरफ्तार गरेको जनाएको छ। बग्दादीको अघिल्लो साता अमेरिकी सेनाको हमलामा मृत्यु भएको थियो ।
टर्कीका एक अकिकारीले भनेका छन् कि यो गिरफ्तारीबाट आईएससँग जोडिएको कैयौँ महत्वपूर्ण गोप्य जानकारी प्राप्त हुनेछ ।
उनका अनुसार बग्दादीको जिन्दगी र इस्लामिक स्टेटको ढाँचाका बारेमा उनकी दिदीमार्फत धेरै कुरा जानकारी पाइनेछ । महिलासँग सोधपुछ भइरहेको अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्