राष्ट्रिय एकता प्रतिक पृथ्वीनारायण शाहका तथ्यगत कुरा

काठमाडौं । पृथ्वीनारायण शाह राष्ट्रिय एकताका प्रतिक हुन् । उनले पूर्वको टिष्टा सम्म वितार गर्दै बाइसे, चौबीसे राज्यहरु एकिकृत गर्ने काम गरेका नै उनलाई राष्ट्र निर्माता भनिएको हो ।
पृथ्वीनारायण शाहको २९५औं जन्म जयन्ति देश विभिन्न कार्यक्रम गरि मनाइंदै छ । यस प्रति स्वर्गीय राजा बीरेन्द्र शान्ति प्रतिष्ठानले ऐक्यवद्धता जनाएको छ ।
पृथ्वीनारायण शाहले शक्ति केन्द्रिकृत हुनु आवश्यक देखे । पृथ्वीनारायण शाहको नीति नै थियो, स्वधर्म संस्कृति र स्थानीय सभ्यताको मनोविज्ञान विकास गर्ने ।
त्यसैले उनी राष्ट्र निर्माणमा सफल भएका हुन् । उनले नेपाललाई चार वर्ण, ३६ जातको साझा फूलबारी भनेका छन् । साझा संस्कृतिमा जोड दिएका छन् ।
१९ वटा ठूला युद्धपछि उपत्यकामा विजय गरे । तर, कान्तिपुरलाई कब्जामा लिँदै गर्दा कुमारीको हातबाट तिलक नलगाएसम्म राजाज्ञा जारी गरेनन् ।
त्यसैले पृथ्वीनारायणले राजनीतिक र सामरिक जित गरे । तर, सांस्कृतिक रुपमा आत्मसमर्पण गरे । बृद्ध धर्मावलम्बी वाणाकी छोरी कुमारीको गोडामा ढोगेर अब आफूलाई नै जयप्रकास मल्लको रुपमा देख्दै रक्षा गरिदिन आशिर्वाद मागे ।

र, उपत्यकाको लोक संस्कृति ग्रहण गर्न सबैलाई अह्राए । हालको भारतमा प्रचलनमा रहेको मुजुरा नाचको साटो नेवारी झाँकीहरुमा रमाउन भावी शासकहरुलाई सचेत गराए ।
कुनै राज्य अंग्रेजसँग मिलेको थाहा पाए १÷२ महिनामै कब्जा गरिसक्ने उनको रणनीति देखिन्छ । विजयपुर राज्यमा बुद्धिकर्ण राय राजा थिए । उनी पनि दिगबन्धन सेनकै जस्तो अंग्रेजसँग मिल्न गए । त्यसैले उनीविरुद्ध सैन्य प्रयोग गरेको देखिन्छ, पृथ्वीनारायण शाहले ।
त्यसैले स्वधर्म संस्कृति र स्थानीय सभ्यताको मनोविज्ञान विकास गर्ने मुख्य श्रेय पनि पृथ्वीनारायण शाहलाई नै जान्छ ।
५१ वर्षको उमेरमा लडाईं लड्दा लड्दै उनको निधन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्