सामुदायीक लघुवित्तको आईपीओ माघ ९ गतेदेखि खुल्ने

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ९ गतेदेखि साधारण सेयर (आईपीओं) निष्कासन गर्ने भएको छ । संस्थाले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

तीन लाख कित्तामध्ये १२ हजार कित्ता संस्थाका कर्मचारी र १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणलाई दुई लाख ७३ हजार कित्ता छुट्याईएको छ ।

संस्थाको आइपीओमा न्युनतम ५० र बढीमा एक हजार पाँच सय कित्तासम्म आबेदन गर्न पाईनेछ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । आईपीओ निष्कासन छिटोमा माघ १२ र ढिलोमा फागनु ८ गते बन्द हुने एसबीआईले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्