नेपाल र भारत प्रबुद्ध समूको बैठक आज नयाँदिल्लीमा बस्दै ,के छन् एजेण्डा ?

काठमाडौ । नेपाल र भारतबीच भएका पुराना सन्धि सम्झौताको पुनरावलोकनाका लागि सुझाव दिन गठित दुई देशबीचको प्रबुद्ध समूह ईपीजीको आजदेखि भारतको नयाँ दिल्लीमा सुरु हुँदै छ ।

ईपीजीको बैठकमा सहभागी हुन नेपाली टोली हिजो नै दिल्ली पुगेका छन् । नेपाली टोलीमा सदस्यमा भेषबहादुर थापा, सुर्यनाथ उपाध्याय, निलाम्बर आचार्यर डा राजन भटट्राई रहेका छन् ।

हालसम्म भएका बैठकमा नेपाल भारत शान्ति तथा मैत्री सन्धि सन् १९५० को पुनारावलोकनका लागि छलफल चलिरहेको छ ।गत वर्ष असारमा भएको पहिलो बैठकदेखि नै दुई देशबिच भएका असमान सन्धि सम्झौता पनरावलोकनका लागि छलफल हुँदै आएको छ ।

नेपालले सन् १९५० सन्धिको धारा २,५,६ र ७ परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेको छ । दुई दिनसम्म चल्ने बैठकमा पनि पछिल्लो समय परिवर्तित अवस्था र आयामबारे छलफल गर्दै सन्धिमा भएका असान्दर्भिक विषय परिवर्तन गर्न नेपालका तर्फबाट कुरा उठाउने डा राजन भटट्राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्