सैन्य कार्यालयमा आक्रमण , ५३ सैनिकको ज्यान गयो

काठमाडौं, कात्तिक १६ । मालीको एउटा सैनिक कार्यालयमा आक्रमणमा भएको । शुक्रबार भएको आक्रमणमा परी ५३ जना सैनिकको ज्यान गएको छ ।

आक्रमणमा परी एक जना सर्वसाधारणको पनि मृत्यु भएको जनाइएको छ ।

नाइजरसँगको सिमानामा पर्ने मेनका क्षेत्रको इन्डेलिमानमा रहेको सैनिक कार्यालयमा आक्रमण भएको देशका सञ्चार मन्त्री याया सान्गारेले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका छन् ।


“अहिले अवस्था नियन्त्रणमै छ, शव संकलन गरेर पहिचान गर्ने काम भइरहेको छ,” उनले लेखेका छन् । आक्रमण र क्षतिको पूर्ण विवरण भने आइनसकेको पनि उनले बताए ।

देशको उत्तरपूर्वी क्षेत्रमा भएको यस आक्रमणलाई सरकारी अधिकारीहरुले आतङ्कवादी हमला भनेका छन् । इस्लामिक लडाकूहरुले गराएको हिंसा मध्ये यो पछिल्ला हिंसाहरु मध्येको ठूलो भएको पनि अधिकारीहरुको भनाई छ ।

घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको अधिकारीहरुले जनाएका छन् । त्यस क्षेत्रमा अल कायदाआबद्ध जिहादीहरुको प्रभाव बढी रहेको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्