इन्धन खपत १० वर्षमा ४ गुणाले बढ्यो

काठमाडौं – दस वर्षको अवधिमा इन्धनको खपत ४ गुणाले बढेको छ ।बढ्दो सहरीकरण तथा खपतमुखी अर्थतन्त्रका कारण इन्धनको माग दैनिक बढ्दै गएको आयल निगमले जनाएको छ ।

निगमको तथ्यांकअनुसार आर्थिक वर्ष २०६४र६५ मा १ लाख ८ सय ४२ किलोलिटर पेट्रोल खपत भएको थियो । २०७३र७४ मा ४ लाख २ हजार २ सय ७८ किलोलिटर खपत भएको छ ।

डिजेलको खपत पनि ह्वात्तै बढेको छ । तथ्यांकअनुसार ३ लाख २ हजार ७ सय ६ किलोलिटर खपत भएको डिजेल २०७३र७४ मा बढेर १२ लाख ९७ हजार ६६ किलोलिटर पुगेको निगमले जनाएको छ ।सवारी साधनको संख्या बर्सेनि थपिदैं गएकाले पनि इन्धनको खपत बढ्दै गएको हो ।

यातायात व्यवस्था विभागको तथ्यांकअनुसार सवारी साधनको संख्या बर्सेनि एक लाखभन्दा बढीले थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्