अदालत पुगेर महराले भने – म युवतीको घर गएकै छैन

काठमाडौं , कात्तिक १५ । पूर्वसभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको करणी प्रयासको आरोप अस्वीकार गरेका छन् ।

उनले आफुु कुनै पनि युवतीको घर नगएको दाबिर गरेका छन् । शुक्रबार जिल्ला अदालत काठमाडौंमा भएको बयानमा महराले आफू पीडित भनिएकी युवतीको घरमा नै नगएको जिकिर गरे ।

जिल्ला सरकारी वकिल कार्यालयले गरेको निरन्तर बयानका क्रममा महराले आफू त्यही बाटो भएर गए पनि पीडितको घरमा भने नपसेको बताएउँदै आएको एक अधिवक्ताले बताए ।

महराको बयान जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा अहिले जारीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्