डा. गोविन्द केसीको समर्थनमा आज प्रदर्शन हुने

काठमाडौं ।प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा लगायत माग गर्दै डा। गोविन्द केशीले गरिरहेको अनशनको समर्थनमा काठमाडौंमा बिहीबार प्रदर्शन हुने भएको छ । दिउँसो १ बजे माइतिघर मण्डलामा भेला भएर प्रदर्शन गर्ने डा केसीका सहयोगी डा जीवन क्षेत्रीले जानकारी दिए ।

न्यायाधीशले न्यायको किनबेच भइरहेको, मेडिकल शिक्षाका बारेमा प्रधान्यायाधीश गोपाल पराजुलीले बदनियत राखी फैसला गर्ने गरेको लगायत डा केसीले उठाएका मागको सुनुवाई गर्न समर्थकले प्रदर्शन गर्न लागेको उनले बताए । न्यायायालयको मानहानीका मुद्दामा पक्राउ परेका डा। केसीलाई सर्वोच्चले बुधबार साधारण तारेखमा रिहा गर्न आदेश दिए लगतै उनले त्रिवि शिक्षण अस्पतालमा अनशनलाई निरन्तरता दिएका छन्

मेडिकल शिक्षाको गुणस्तरीयताको माग गर्दै १३ पटक अनशन बसेका डा केसीले न्यायालयमा भ्रष्टाचार भइरहेको कुरा उठाएर चौधौँपटक अनसन सुरु गरेकै दिन सर्वोच्चको आदेशमा प्रहरीले डा। केसीलाई पक्राउ गरेको थियो ।

डा। गोविन्द केसीको समर्थनमा आज प्रदर्शन हुने

प्रतिक्रिया दिनुहोस्