जानकी मन्दिर परिसरमा ३ दिन माछा, मासु र मदिरा निषेध

काठमाडौं, कात्तिक १४ । जानकी मन्दिर परिसरमा ३ दिन माछा, मासु र मदिरामा प्रतिबन्ध लगाइने भएको छ ।

धनुषा जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गर्दै छठ पर्वको अवसरमा १५, १६, र १७ गते प्रतिबन्ध लगाउने जनाएको हो ।


प्रदीपराज कँणेलका अनुसार छठ पर्व नजिकिएसँगै जनकपुरधाम परिसरमा हरेक वर्ष यसरी नै प्रतिबन्ध लगाउँदै आएको छ ।


यदि विक्री वितरण गरेको पाइएमा कारबाही हुने बताउँदै उनले नागरिकले सहजै स्वीकार गर्ने अवस्था रहेको समेत उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्