डा. केसी साधारण तारेखमा रिहा, प्रधानन्यायाधीशको नागरिकता र शैक्षिक प्रमाणपत्र पेस गर्न आदेश

 

काठमाडौं । अदालतको अवहेलना गरेको आरोपमा गत सोमबार पक्राउ परेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले बुधबार साधारण तारेखमा रिहा गरेको छ ।

सर्वोच्चले डा. केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

डा. केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा बहस सकिएपछि बुधबार न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको दुईओटा नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि पेस गर्न पनि आदेश दिएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालय र न्याय परिषदमा बुझ्न भनिएको छ ।

अवहेलना मुद्दामा सर्वोच्च अदालतको पक्षबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ र श्याम खरेललगायतले बहस गरेका थिए । डा. केसीको पक्षमा वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल र कृष्णप्रसाद भण्डारीलगायतले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्