एक महिनाभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुन आग्रह, नभए कारबाही हुने
काठमाण्डौं , कात्तिक १४ । एक महिनाभित्र सामाजिक सुरक्षा कोषमा सूचीकृत नभए कारबाही हुने भएको छ ।
सरकारले सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका रोजगारदाता र श्रमिकलाई अबको एक महिनाभित्र अनिवार्य सूचीकृत हुन आग्रह गरेको छ । यदि यसलाई वेवास्ता गरिए कारबाही हुने सरकारले जनाएको छ ।
सामाजिक सुरक्षा कोषले सूचीकृत हुनको लागि एक महिनाको समय थप गर्दै यस अवधिमा सूचीकृत नहुनेमाथि कारबाही हुने जनाएको हो ।
अहिलेसम्म कोषमा १ लाख १ हजार ५ सय सयभन्दा बढी योगदानकर्ता र ८ हजार ८ सयभन्दा बढी रोजगारदाता सूचीकृत भइसकेका छन् ।
अहिलेसम्म सूचीकृत हुने पर्नेजति रोजगारदाता र श्रमिक नसमेटिएको भन्दै कोषले एक महिनाभित्र अनिवार्य सूचीकृत भनेको छ । थपिएको समयमा पनि सूचीकृत नहुनेलाई कानुन अनुसार कारबाही हुने कोषले निकालेको सूचनामा जनाएको छ ।
र श्रमिक नसमेटिएको भन्दै कोषले एक महिनाभित्र अनिवार्य सूचीकृत भनेको छ । थपिएको समयमा पनि सूचीकृत नहुनेलाई कानुन अनुसार कारबाही हुने कोषले निकालेको सूचनामा जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्