धादिङमा बोलेरा जीप दुर्घटना, १९ जना घाइते, केहिको अवस्था गम्भीर

काठमाडौं, कात्तिक १४ । धादिङमा बोलेरा जीप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

धादिङ को गजुरी गाउँपालिका २ को मलेखु भण्डारा सडक खण्डको तुनि खोलामा बोलेरो जीप पल्टिँदा १९ जना घाइते भएका प्रहरीले जनाएको छ ।

बिहीबार ताल्तिबाट मलेखुतर्फ आउँदै गरेको ग १ ज ३०११ नम्बरको बोलेरो जीप कच्ची सडकबाट झण्डै २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घाइतेहरुलाई उद्धारपछि उपचारका लागि राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरी अस्पताल लगिएको छ । यस बारे थप विवरण आउन बाँकी नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्