पाकिस्तानमा गुडिरहेको रेलमा भिषण आगलागी , ४६ जनाको मृत्यु

काठमाडौं, कात्तिक १४ । पाकिस्तानमा एउटा रेलमा आगलागी भएको छ । गुडिरहेको रेलमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सीहरुका अनुसार ‘तेज गाम एक्सप्रेस’ नाम गरेको रेलमा बिहीबार आगलागी भएको हो । कराँचीबाट रावलपिन्डी जाने क्रममा लियाकतमा उक्त रेलमा आगलागी भएको अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरुका अनुसार रेलको तीनवटा रेलको डिब्बामा आगो लागेको हो । स्थानीय प्रशासनले ४६ जनाको मृत्यु भएको पुष्टि गरेको छ । अन्य ४२ यात्रु घाइते भएको बताइएको छ ।

रेलमा सवार यात्रीको एउटा समूहले ग्यास सिलिन्डर, चुलो लगायत खाना पकाउने सामान बोकेका थिए । उनीहरुकै ग्यास सिलिन्डर विस्फोट हुँदा आगो लागेको बताइएको छ ।

रेडियो पाकिस्तानका अनुसार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घाइतेहरुको उपचारमा कुनै कमी आउन नदिन पनि प्रशासनलाई निर्देशन दिएका छन् ।

रेल मन्त्री शेख रशीदले दुर्घटनाको छानविन हुने बताएका छन्

प्रतिक्रिया दिनुहोस्