आइएमई लाइफ इन्सोरेन्सको प्रथम साधारण सभा सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष डा.श्री रामहरी अर्यालले देशभर प्रधान कार्यालय सहित ४० वटा शाखा कार्यालयहरु पूर्ण रुपमा सञ्चालनमा आई सबै शाखा कार्यालयहरुबाट ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दे आएको जानकारी गराए ।

बुधबार काठमाडांैमा बसेको सभामा बोल्दै अध्यक्ष अर्यालले कम्पनीबाट आम मानिसको पहुँचहुने खालको १० प्रकारको स्तरीय तथा लाभदायक बीमा योजनाहरु कार्यान्वयनमा ल्याएको र भविष्यमा अझ बढी लाभदायक ् बिमा योजनाहरु ल्याउने जानकारी गराउनु गराए । कम्पनीमा हालसम्म आबद्ध रहेका १ हजार २ सय ५४अभिकर्ताहरुलाई उत्प्रेरित जागरुक र प्रतिस्पर्धी बनाई व्यबसायमा सक्रिय रुपले सहभागी हुने गरि प्रबिधि र सफ्ट्वयेर लाई उच्चतम् प्रयोग गराई सम्णूर्ण शाखाहरुबाट बिमा लेख जारी गर्दै आइरहेको जानकारी गराए ।

उक्त सभाले संचालक समितिबाट प्रस्तुत वार्षिक लेखा परीक्षण प्रतिवेदन सहित कम्पनीको आ. व. २०७३।७४ को वासलात तथा हिसाव समेत स्वीकृत गरेको छ । साथै सभाले संस्थापक समूहवाट प्रतिनिधित्व गर्ने संचालक पदमा डा. श्री रामहरि अर्याल, श्री इश्वर कुमार कार्की, श्री दिपचन्द्र रेग्मी, श्री संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा श्री अश्विनी कुमार ठाकुरलाई निर्वाचित गरेको छ ।

उनले नियमनकारी निकाय बीमा समितीको प्रावधान अनुसार २०७५ साल आषाढ मसान्तसम्मको चुक्ता पूँजी कम्तीमा रु. २ अर्ब पुर्याउनु पर्ने प्रावधानअनुरुप सर्बसाधारणलाई शेयर जारी गरी पूजी बृद्धि गर्ने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्