बादीसमुदायलाइ न्यानो लुगा बितरण

लम्की । कैलालीको लम्की चुहा नगरपालीका–३ बल्चौरका बादीसमुदायलाइ आज न्यानो लुगा बितरण गरिएको छ ।

लायन्स तथा लीयो क्लबले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी बल्चौरका ९१ जना बादी समुदायका बृद्ध, गरिब तथा असायहरुलाइए जाडो छल्न न्यानो लुगा बितरण गरिएकोे लायन्स क्लबका रीजन चीयन म्यान दीपक कुमार तिमिल्सैनाले जानकारी दिए ।

जाडोमा निकै कष्टकर जीबन बिताइरहेका बादी समुदायका परिवारलाइए थोरै भएपनि राहत होस भनेर न्यानो माया कार्यक्रम अन्र्तगत लुगा सहयोग गरिएको तिमिल्सैनाले बताए ।

 

लायन्स क्लबले यसअघी पनि लम्की चुहा नगरपालीकामा बिभिन्न असायहरुलाइ सहयोग गर्दै आएको छ ।लगातारको चीसोले बाहिर निस्कन समेत समस्यामा परीरहेको बेला लायन्स क्लबले न्यानो लुगा वितरण गरेपछि बल्चौरका बादी समुदायका परिवार निकै खुसी भएका छन ।

समाजमा बसोबास गर्नै सबै मानिसहरुले यस्तै सहयोगको भाबना राखे कोही पनि दुःखमा नपर्ने लायन्स क्लबका डील्ली गडतौलाले बताए ।

लम्की चुहा नगरपालीकाकी उप–मेयर टीका थापाको प्रमुख आतिथ्यमा लुगा बितरण गरिएको हो । बितरण कार्यक्रममा बोल्दै उप–मेयर थापाले बादी समुदायलाई न्यानो लुगाले मात्रै नहुने भन्दै बसोबासको उचित ब्यबस्था गर्नुपर्ने बताउनु भयो ।

बल्चौरका बादी समुदायलाइ लालपुर्जा बितरणका लागी पनि आफुले पहल गर्ने उहाँले बताउनुभयो । यस्तै बल्चौर का ८ जना अनाथ बाल बालीकालाइ पनि न्यानो लुगा बितरण गरीएको घनश्याम डागीले बताउनुभयो ।

कार्यक्रम लाइन्स क्लबका जोन चीयर म्यान छबिलाल जैशीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्