विद्युत् प्राधिकरणको वितरण केन्द्रमा भिषण आगलागी, यस्तो छ अवस्था
काठमाडौं, कात्तिक १० । नेपाल बिद्युत प्राधिकरण सिन्धुपाल्चोक वितरण केन्द्रमा आगलागी भएको छ।
लामोसाँगुबाट दोलखा लगिएको ३३ केभीलाइनको टा«न्सफरममा खराबी आएका कारण आगलागी भएको हो।
वितरण केन्द«का प्रमुख सानुबाबु थापाले आगो के कति कारणले लाग्यो भन्ने बारे अहिलेसम्म पत्ता लागेको छैन । आगो नियन्त्रणमा ल्याउन स्थानीय, नेपाली सेना, शसस्त्र प्रहरी, प्राधिकरणका कर्मचारी परिचालन गरिएको छ।
आगो नियन्त्रणका लागि दमकल नहुदाँ आगो नियन्त्रणमा समस्या भएको छ। केराको पात, पानी , रुखका स्याउला प्रयोग गरि आगो निभ्याउने कार्य जारी रहेको छ ।
आगलागीले दोलखा जिल्ला अन्धकार हुने भएको छ भने सिन्धुपाल्चोकलाई खाशै असर नपर्ने प्रमुख थापाले बताए।
प्रतिक्रिया दिनुहोस्