गोर्खाज फाईनान्सको २३औँ साधारण सभा सम्पन्न

काठमाडौं । गोर्खाज फाईनान्सको २३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
मंगलबार महेन्द्र लाल राई ज्यूको सभापतित्वमा व्यवसायको विस्तारको क्रममा निक्षेप तथा कर्जा तर्फ क्रमशः अघिल्लो वर्षको तुलनामा ३५% र ३९% को बृद्धि हासिल गरी २०७४ आषाढ मसान्तमा निक्षेप संकलन रु.४ अरब ७ करोड र कर्जा लगानी रु. ३ अरब ४३ करोड पु¥याउन संस्था सफल रहेको छ । हाल फाइनान्सको चुक्ता पूँजी रु ८६.७९ करोड पुगी नेपाल राष्ट्र बैंकको निर्देशन अनुसारको न्युनतम चुक्ता पूँजी रु. ८० करोड पु¥याउन सस्था सफल भएको छ ।
फाईनान्सले देशको सात वटै प्रदेशबाट हाल २० वटा शाखा, ६ एटिएम मार्फत चिपयुक्त Union Pay डेबिट कार्ड, मोबाइल बैंकिङ, ई–बैंकिङ, आश्वा, एबिबिएस, आइपिएस, रेमिटेन्स लगायत सम्पूर्ण आधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउदै आएको छ । साथै, सुनचाँदी धितोमा मुख्य कार्यालय डिल्लीबजार, काठमाण्डौको बौद्ध, सातदोवाटो, न्युरोड, भक्तपुर, कैलालीको चौमाला र रुपन्देहीको लखनचोक शाखाबाट पनि सुनचाँदीकर्जा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्