२९ लाखसहित ६ हुण्डी कारोबारी वीरगञ्जबाट पक्राउ

काठमाडौं , कात्तिक ८ । प्रहरीले वीरगञ्जमा ठूलो रकमसहित हुण्डी कारोबारीहरु पक्राउ गरेको छ । पछिल्लो पाँच दिन यता प्रहरीले २९ लाख २३ हजार ५६० रुपैयाँ नगद र अन्य सामानसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

चाडपर्वको मौका छोपी हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरीले शुक्रबार वीरगञ्ज महानगरपालिका(१६ शंकराचार्य गेटबाट भारत विहारका ४६ वर्षीय गोपालप्रसाद अग्रवाललाई ९ लाख र वीरगञ्ज महानगरपालिका(१४ का २५ वर्षीय मन्टुकुमार साह कानुलाई ४ लाख ५० हजारसहित नियन्त्रणमा लिएको छ ।

बिहीबार मात्रै सोही ठाउँबाट प्रहरीले २ वटा मोटरसाइकलमा आएका ३ जनालाई १० लाख नगद र ५ थान मोवाइलसहित नियन्त्रणमा लिएको थियो ।

भारत रामगढवा थाना ग्राम रामगढवाका ६० वर्षीय सकिर मियालाई ५ लाख, बारा खटुवा प्रसौनी गाउँपालिका(२ अहिर्वाटोलका ३२ वर्षीय वीरेन्द्र साह र बाराकै बारागढी गाउँपालिका(२ दौरुवाटोलका २६ वर्षीय शनी जैसवाललाई अढाइरअढाइ लाख नगदसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसअघि गत सोमबार वीरगञ्ज(१६ रजतजयन्त्रीबाट भारत विहार जिल्ला मोतिहारी, थाना रामगढवा(१६ घरभइ वीरगञ्ज(१६ नगवा बस्ने ४८ वर्षीय कृष्ण मोहन कलवार ५ लाख ८३ हजार ५६० रुपैयाँसहित पक्राउ परेका थिए ।

ना५३प ७१५९ नम्बरको स्कुटीसहित पक्राउ परेका कलवारको साथबाट सुन जस्तो देखिने २ वटा सिक्का र गणेशको एउटा लकेटसँगै बिभिन्न बैंकका चेकबुक, भौचर बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ६ जनामाथि नै थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्