यस्ता छन् पछिल्ला मन्त्रीपरिषद्का १७ निर्णयहरु

काठमाडौं, कात्तिक ७ । सरकारले सहसचिव रामकृष्ण सुवेदीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले बिहीबार सो कुराको जानकारी दिएका हुन् ।

गत कात्तिक ५ गते बसेको बैठकले सुवेदीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको प्रसाद बाँस्कोटाले जानकारी दिए । सुवेदी हाल गृहमन्त्रालयको प्रवक्ताका रुपमा कार्यरत छन् ।


यसैगरि नेपाली सेनाका लेखा उपरथी भुवन बहादुर अधिकारी क्षेत्री र महासेनानी आशिष प्रसाद उपाध्यायको राजीनामा स्वीकृतको निर्णय पनि रिएको छ ।


बैठकले करका दरहरु पुनरावलोकन गर्न स्वीकृति दिने निर्णय गर्नुका साथै काठमाडौं उपत्यकाभित्रको तारहरु व्यवस्थित गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन लगायतका १७ निर्णय गरेको छ ।

यस्ता छन् निर्णयहरु

प्रतिक्रिया दिनुहोस्