सरकारले दियो भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक बिदा

काठमाडौँ , कात्तिक ७ । सरकारले भाइटीकाको भोलिपल्ट बुधबार पनि सार्वजनिक बिदा दिने भएको छ ।

सञ्चार मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले यो जानकारी दिएका हुन् । गृह मन्त्रालयको सिफारिसमा सरकारले बिदाको निर्णय गरेको हो।

नेवार समुदायले कात्तिक १३ गते बुधबार आफ्नो समुदायले भाइटीका लगाउने भन्दै बिदा माग गरेका कारण सरकारले बिदा दिएको हो।


तिथिअनुसार भने भाइटीका कात्तिक १२ गते परेको छ।

प्रतिक्रिया दिनुहोस्