काठमाडौंको तापक्रममा थोरै सुधार, कहाँ कति ?

काठमाडौं । लगातार तीन दिनसम्म ० डिग्रीमा रहेको काठमाडौं उपत्यकामा बुधबार बिहान मौसममा केही सुधार भएको छ ।
काठमाडौं उपत्यकाको बुधबार बिहानको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

मनाङमा अझै घटेको छैन । जुम्लामा माइनस ६.६, दिपायलमा ०.८, डडेलधुरामा ७.९, धनगढीमा ६.२, विरेन्द्रनगरमा ०.६, नेपालगञ्जको ६.३, दाङमा २.६, पोखरामा ४.७, सिमरामा ४.८, ओखलढुंगामा ३.५, ताप्लेजुङमा २.४, धनकुटामा ५.४ र विराटनगरमा ९.४ डिग्री रहेको महाशाखाले जनाएको छ ।

तराईमा अझै हुस्सु लाग्नेछ भने अन्य क्षेत्रमा मौसम सफा रहने छ ।

चिसोका कारण ज्यान गुमाउनेको संख्या तीन दर्जन पुगिसकेको छ । सरकारले भने अहिलेसम्म तथ्यांकसमेत सार्वजनिक गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्