सात दिनभित्र पछिल्लो विवरण नपठाए म्यानपावरको कारोबार रोकिने
काठमाण्डौ , कात्तिक ५ । सात दिनभित्र पछिल्लो विवरण नपठाए म्यानपावरको कारोबार रोकिने भएको छ ।
वैदेशिक रोजगार विभागले सबै म्यानपावर कम्पनीलाई पछिल्लो विवरण बुझाउन ७ दिनको समय दिएको छ ।यदि योसमयावधिमा विवणर नपठाए क्यानपावरको कारोबार रोकिने भएको हो ।
इजाजत प्राप्त म्यानपावर संस्थाले सञ्चालक र कर्मचारीको विवरण तयार पारी सात दिनभित्र नबुझाएमा कारोबार रोक्का गरिने पनि विभागले जनाएको छ ।
नियमन गर्न सजिलो हुने भन्दै विभागले धरौटी बढाएर म्यानपावरको संख्या घटाउँदै अनुगमन प्रभावकारी बनाएको छ । म्यानपावरको अनुगमनका लागि विभागले छुट्टै निर्दे्शिका नै बनाएको छ ।















प्रतिक्रिया दिनुहोस्