नौबिसे-नागढुंगा सडकखण्डमा एकतर्फी मात्रै यातायात सञ्चालनमा

काठमाडौं , कात्तिक २ । नौबिसे-नागढुंगा सडकखण्डमा यातायातका साधन एकतर्फी सञ्चालन गरिएको छ ।


धादिङको धुनिवेशी नगरपालिका ९ पिपलामोडभन्दा तल भूत घर, याक घर र टायल घर सडक खण्डमा कालोपत्रे गर्ने काम भइरहेकाले एकतर्फी गाडी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।


शनिबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म एकतर्फी सडक चलाइने प्रहरीको भनाइ छ । सो सडकखण्डमा एकतर्फी गाडी चलाइँदा घण्टौंसम्म जाममा बस्नु परेको गुनासो सवारी साधन चालक र यात्रुहरुले गरेका छन् ।

सडकखण्डको मर्मत कार्य भइरहेकाले यातायात एक तर्फी मात्रै संचादनमा ल्याएको हो । सडकमा खाल्डाखुल्डि तथा किनारमा सकड भासिएकाले यातायात संचालन गर्न असहज भएको थियो ।

यसै क्रममा स्तरउन्नतका लागि यस्तो गरिएको प्रहरीले जनाएको छ । अहिले सडकको कालोपत्रे गर्नेमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्